logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

एमाले स्थायी कमिटी बैठक सकियाे, हेर्नुस् निर्णय


  • राजनीति
  • आइतबार, साउन १७ २०७८

नेकपा (एमाले) काे स्थायी कमिटी बैठक सकिएकाे छ । आइतबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बसेको भाेलि फेरि बस्नेगरी सकिएकाे हाे । बैठक भाेलि दिउँसाे ३ बजेका लागि बाेलाइएकाे छ ।

आजकाे बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बाेलाउने निर्णय गरेकाे छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले साउन २४ गते केन्द्रीय कमिटी बैठक बाेलाउने निर्णय गरेकाे हाे ।

यस्तै, स्थानीय तहका कमिटीहरूको अधिवेशनका लागि डेडलाइन तोकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार