logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

तमु प्ये ल्हु संघ महिला समिति कास्कीको दोश्रो स्थापना दिवस सम्पन्न


  • राजनीति
  • मंगलबार, भाद्र ५ २०७५

मिलन तमु-कास्की / तमु प्ये ल्हु संघ जिल्ला महिला समिति कास्कीको दोश्रो स्थापना दिवस एक समारोह बीच सम्पन्न भएको छ । समितिका अध्यक्ष अनिता योज (सरब्जा) तमुको अध्यक्षतामा समपन्न सभामा तमु प्ये ल्हु संघ केन्द्रिय समितिको अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमुले सभाको उद्घाटन गदै तमु प्ये ता ल्हु ता जोगाउनमा आमा समुहको महत्वपुर्ण भुमिका रहेको बताएका छन।

उक्त कार्यक्रममा समितिको सदस्य संख्या बिस्तार गर्ने क्रममा क्होला ट्हो धिँ रामबजारबाट प्रतिनिधित्व गर्नेगरी मधु क्रोम्छें तमुलाई सदस्य पदमा मनोनित गरिएको छ ।

यसैगरी उक्त कार्यक्रममा समितिको प्र.उपाध्यक्ष तिलमाया प्ल्हें (ल्हेंगे) तमुले स्वागत मन्तव्य, सचिव उमा ङोप्छे (क्रोम्छें) तमुले सचिवको प्रतिवेदन, कोषाध्यक्ष खकिमाया क्रोम्छें तमुले आर्थिक प्रतिवेदन, द्धि. उपाध्यक्ष टीका कुमारी क्रोम्छें (टु क्ल्हेप्री) तमु प्रभाले धन्यवाद मन्तव्य प्रस्तुत गरेका थिए भने सह-सचिव बिना ल्हेंगे (त्होर्जे) तमुले कार्यक्रम सञ्चालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार