logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कम्युनिस्ट भनेको ढुंगामा फालेपनी उम्रिन सक्ने बिचार हो : नेता सुदर्शन


  • राजनीति
  • मंगलबार, साउन १९ २०७८

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सुदर्शनले मुलुकका सुरक्षा निकाय,कर्मचारी, बुद्धिजीवी पंक्तिको ठूलो हिस्सा क्रान्तिको पक्षमा रहेको दाबी गरेका छन । २८ महिनाको जेल हिरासत जिवनबाट हालैमात्र मुक्त भएका नेता सुदर्शनले पार्टीका नेताकार्यकर्तालाई आन्तरिकरुपमा प्रशिक्षित गर्दै उक्त बिषय बताएकाहुन । काभ्रेको बनेपामा आयोजित साबिकका पुर्वी ताम्सालिङ जिल्लास्तरीय संयुक्त स्कुलिङ कार्यक्रममा बोल्दै उक्त धारणा राखेकाहुन ।
आफू जेल परेको घटनालाइ स्मरण गर्दै नेता सुदर्शनले कहिलेकाही आफ्नै भनिएकाहरुबाट घातप्रतिघात हुनेभएकोले क्रान्तिकारी सदैव चनाखो हुनुपर्ने धारणा राखेका छन । नेता सुदर्शनले जेल र हिरासत भनेका कम्युनिस्ट क्रान्तिकारीका लागि नतोकिएको कार्यक्षेत्रको रुपमा परिभाषित गरेकछन । सुदर्शनले कम्युनिस्टहरु जहाँ रहे पनि बुझ्ने र बदल्ने जिम्मेवारी बहन गर्नैपर्ने बताउदै कम्युनिस्टहरु ढुङ्गामा फालेमा पनि उम्रिन सक्ने हुनुपर्नेमा जोड दिएकाछ्न ।

एकीकृत जनक्रान्ती भनेको हिड्ने मुलबाटो रहेको भन्दै अन्तिम परिणाम बैज्ञानिक समाजवाद हुँदै साम्यवाद सम्म जाने बताएकाछन । नेता सुदर्शनले बैज्ञानिक समाजवाद नै उच्च लोकतान्त्रिक ब्यवस्था भएको दाबी गर्दै दलाल संसदिय ब्यवस्थाको भ्रमबाट जनतालाइ मुक्त गर्नुपर्नेमा जोड दिएकाछन ।

उक्त कार्यक्रममा जेल हिरासतको मोर्चा जितेर आएका नेताहरुलाइ संमान गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको साबिक पुर्वी ताम्सालिङ ब्युरोका जिल्लास्तरिय संयुक्त स्कुलिङ कार्यक्रममा लामो समय जेल हिरासतमा बसेर फर्केका नेकपा सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ लगाएत केन्द्रिय सदस्यहरु, आदर्श, बन्धु, प्रज्वलन, लाल बहादुर बिसी लगाएतलाई सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रममा दोलखा सेक्रेटरी माधव गौतम, रामेछापका पुर्व सेक्रेटरी बिबेक,रामेछापको पुर्व सेक्रेटरी कुलदिप सिन्धुली पुर्व इन्चार्ज शशी राई,र अखिल क्रान्तिकारीका नेता रबिन केसीलाई सम्मान गरेको हो ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु भेषराज भुसाल, बन्धु चन्द, चुडामणि वली आदर्श र वसन्त श्रेष्ठ प्रज्वलनले आ आफ्ना अनुभुतीहरु राखेका थिए । ६ दिन सम्म चल्ने स्कुलिङको उद्धघाटन नेकपाका सचिवालय सदस्य ‘सुदर्शन’ले गरेकाहुन । उक्त कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा स्कुलिङ बिभाग प्रमुख भेषराज भुसाल, स्कुलिङ केन्द्रिय सदस्य तथा स्कुलिङ बिभागका सदस्यहरु लालबहादुर बिसीको उपस्थिति रहेको थियो ।
उक्त स्कुलिङमा नेकपाका जिल्लातहका नेताहरुको सहभागीता रहने नेकपाका केन्द्रिय सदस्य पुर्ण बहादुर सिंह ‘प्रबिण’ ले जानकारी दिएका छन ।
उक्त उद्धघाटन कार्यक्रमको अध्यक्षता केन्द्रिय सदस्य आधारले गरेका थिए । भने संचालन सिन्धुली/रामेछाप इन्चार्ज शरद रसाइली र स्वागत सिन्धुपाल्चोक/दोलाखा इन्चार्ज पुर्णबहादुर सिंह ‘प्रबिण’ले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार