logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मुख्यमन्त्रीलाई अपहरणको मुद्दा !


  • राजनीति
  • शुक्रबार, साउन २२ २०७८

आजको राष्ट्रियसभा बैठकमा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसहितलाई कारवाही गर्न माग गरेकी छन् । उनले सांसदको अपहरण तथा बन्धक बनाउने गतिविधिमा मुख्यमन्त्री पोखरेल संलग्न रहेको भन्दै कारवाहीको माग गरेकी हुन् ।

राष्ट्रिय सभा सदस्य प्रमिलाले भनिन्, ‘माओवादी केन्द्रकी सांसद विमला खत्री वलीलाई साउन १५ गते मुख्यमन्त्री पोखरेलको निर्देशन र एमालेका लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा घरबाटै अपहरण गरेको शैलीमा मुख्यमन्त्रीको निवासमा पुर्याएर पाँच दिनसम्म बन्धक बनाएर राख्नु खेदजनक छ ।’

उनले मुख्यमन्त्री पोखरेल पनि केपी शर्मा ओलीकै बाटोमा उन्मुख देखिएको टिप्पणी गरिन् । उनले भनिन्, ‘अविश्वास प्रस्ताव सामना गर्न नसक्ने, बजेट पेस गर्न नसक्ने, संसद बहिष्कार गर्ने, अन्य पार्टी तोडफोड गर्ने, ओली सरकारजस्तै हाल लुम्बिनी प्रदेशका मुख्यमन्त्री आफै अपहरणमा संलग्न भई कानुन विपरीत कार्य गरिरहेको हुँदा कारवाहीको जोडदार माग गर्दछु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार