logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

माधवलाई गद्दार भन्दै अब एकता नहुने ठोकुवा


  • राजनीति
  • आइतबार, साउन २४ २०७८

मन्त्री हुदा निकै बिवादित काम गरेका पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सूर्य चुनाव चिन्ह लिएर चुनाव जित्ने तर संसदमा रुखमा भोट हाल्ने सबै गद्दार भएको बताएकाछन ।

‘अब एकतामा अल्मलिने होइन,एमालेमा माकुने जस्तो गद्दार लागि कुनै ठाउँ छैन । लुम्बिनीमा समेत अर्को गद्दार फेला परेकाले अब टिकट दिँदासमेत विचार गर्न आवश्यक छ ।’

विचार,सिध्दान्त र जनादेशका आधारमा एमालेभित्र सर्वमान्य नेता केपी शर्मा ओली मात्र रहेको श्रेष्ठले दाबी गरेका हुन । उनको भनाइ थियो, ‘एमालेलाई ध्वस्त बनाउनबाट ओलीले नै जोगाउनुभएको हो । जनताको पार्टी एमाले र चुनाव चिन्ह सूर्य हो । प्रचण्डजस्तो दानवलाई मानव बनाउने महामानव ओली नै हुनुहुन्छ । मलाई एमालेको वरिष्ठ नेताभन्दा घिन लाग्न थालेको छ । उनीहरु नै १ सय २१ जनाको सरकारलाई ९३ मा झार्ने अन्तर्घाती हुन् ।’

घाँसमा मिसिएको हरियो सर्प घातक रहेको उदाहरण दिँदै श्रेष्ठले भन्नुभएको छ ‘अब एकतामा अल्मलिने होइन,एमालेमा माकुने जस्तो गध्दारको लागि कुनै ठाउँ छैन । लुम्बिनीमा समेत अर्को गद्दार फेला परेकाले अब टिकट दिँदासमेत विचार गर्न आवश्यक छ ।’

उक्त कार्यक्रममा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य,एमाले केन्द्रीय सदस्य शम्भुराम महर्जनलगायतले बोलेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार