logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

प्रतिगमनको नयाँ भेरियन्ट ‘अर्ली इलेक्सन’ आउन सक्छ : डा. बाबुराम भट्टराई


  • राजनीति
  • सोमबार, साउन २५ २०७८

पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिगमनको खतरा नटरेको भन्दै अझै पनि त्यो संभावना कायम नै रहेको चेतावनी दिएका छन् ।

गए राती सामाजिक सञ्जालमा डा .भट्टराई लेख्छन् – कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ है! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्छ! पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रो चाहिँ संविधानको आत्मा मार्ने गरी आउन सक्छ।अत: ढुक्क भएर आआफ्ना पार्टी वा गुटतिर नफर्कौँ !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार