राजनीति
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्टका सचिवालय सदस्य हेमन्त प्रकाश ओली सुदर्शनले तिन बुंँद्दे सहमति बैज्ञानिक समाजवाद स्थापनको लागि एक कार्यनीतिक र राजनीतिक स्टेप भएको बताएकाछन । नेकपाको काठमाडौँ जिल्ला महानगर समितिले आइतवार जनसेवा तथा संगठन विस्तार अभियानको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन ।
लामो समय जेल जीवन बिताएर केही समय अगाडि रिहा भएका नेता ‘सुदर्शन’ले ३ बुद्दे गर्दा नेतृत्वले सुझबुझ र राजनीतिक योजना साथ गरेको भन्दै अन्ततः क्रान्ति गरेरै जोडिने बताएकाछन । नेता सुदर्शनले बर्ग बैरी इमानदार नहुने भन्दै सबै युवाहरुलाइ जागै बस्न र जनतालाई जगाउने निर्देशन समेत दिएकाछन । जनसेवा अभियान दुई महिनासम्म जनताको घरघरमा पुगेर संचालन गर्ने नेकपा महानगर इन्चार्ज हरि चन्दले ‘अविरल’ले दिएको जानकारी दिएकाछन ।
नेकपाका राजनीतिक एजेन्डा र क्रान्तिको आवश्यकता बारे जनताकै घरदैलोमा पुगेर बुझाउने अभियान अन्तरगत कोणसभा, पिढीसभा, भेटघाट र अंतरकृया संचालन गर्ने चन्द भनाइ रहेको छ ।

कार्यक्रमकाठमाडौ महानगर समितिका इन्चार्ज अविरलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सेक्रेटरी राजेन्द्र महर्जन र विभिन्न जबसका नेता, कलाकार लगाएतको उपस्तिथि रहेको थियो । उक्त कार्यक्रमा रोमिकले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन विषमले गरेका थिए ।
