राजनीति
नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले च्याउसरी उम्रीएका नक्कली कम्युनिस्टको भ्रमबाट जनतालाइ मुक्त गर्नुपर्ने बताएकाछन ।
नेता सुदर्शनले बहत्तर वर्षदेखी पूरा गर्न नसकिएको क्रान्तिलाई पुरा गर्नुपर्न जिम्मा आफुहरूको काँधमा आएको बताएकाछन । उनले क्रान्ती पूरा गर्नका लागि सच्चा कम्युनिस्टहरूको खडेरी भएकाले नै ७२ वर्ष देखि जनताको चाहना अधुरै रहेकाले अब सच्चा कम्युनिस्टहरू बन्न र बनाउने अभियानमा लामवद्ध हुन आव्हान समेत गरेकाछन । नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला अन्तर्गत रहेको गोकर्णेश्वर कागेश्वरी-मनोहरा नगरले संयुक्त रुपमा आयोजना गरेको जनसंगठन तथा सनसेवा अभियानको उद्घाटन कार्यक्रममा बोल्दै उक्त धारणा राखेकाहुन ।


अभियानको उद्घाटन गर्दै नेता सुदर्शनले च्याउ उम्रेजस्ता कम्युनिस्ट पार्टी भएपनी तिनिहरू कम्युनिस्ट नभएर नामका व्यपारीहरू भएको दावी प्रष्ट पारेका थिए । उनले आफ्नो पार्टीलाई जनताको सेवक, कम्युनिस्टहरू उत्पादन गर्ने कारखाना र जनताका विचारहरुको विश्वविद्यालय बनाउन पनि यो अभियानको उदेश्य रहेको बताएका छन ।
कार्यक्रममा नेकपाका जिल्ला सेक्रेटरी राजेन्द्र महर्जन, नेता उषाकिरण आजादको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्ष अनिल खड्काले गरेका थिए । अभियानको उद्धघाटनमा स्वागत मन्तव्य नेकपा काठमाडौका नेता सफलबाबुले राखेका थिए । उक्त कार्यक्रमको संचालन श्रीकृष्ण बरालले गरेका थिए ।

