logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

प्रवासमा समेत विप्लवको मोर्चामा प्रवेश गर्नेको लहर


  • अखिल बिश्वकर्मा
  • मंगलबार, साउन २६ २०७८

प्रवासी नेपाली जनसमाज भारतका केन्द्रीय सदस्य तथा नगर अध्यक्ष देबेन्द्र रावलले नेपालको दलाल भ्रष्ट संसदीय व्यवस्थाले गर्दा नेपालीहरु प्रवासीनुको पीडा भोग्नु परेको भन्दै जबसम्म राज्य सत्ताले गाँस, वास, कवास शिक्षा स्वास्थ्य र रोजगारीको ग्यारेन्टी स्वदेशमै गर्दैन तबसम्म नेपालीले प्रवासी जीवन जिउनु पर्ने हुदा भ्रष्ट दलाल राज्य सत्ताको विकल्पमा जनवादी राज्य सत्ता अर्थात बैज्ञानिक समाजवाद स्थापना गर्न लाग्नु पर्ने धारणा राखेकाछन ।

विप्लवले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टी को एकीकृत जनक्रान्तिको कार्यदिशा लाई आत्मसाथ गर्दै नेपाली जनता लाई भ्रष्ट दलाल राज्यसत्ता वा बैज्ञानिक सममजवाद रोज्न दिन जनमत संग्रह गर्नु पर्ने धारणा समेत राखेकाछन । उनले भने यदि भ्रष्ट दलाल राज्य सत्ताले गाँस ,वास, कवास, शिक्षा स्वास्थ्य र रोजगारीको ग्यारेन्टी स्वदेशमै गर्दैन भने प्रवासी नेपालीहरु एक जुट भएर भ्रष्ट दलाल राज्य सत्ताको अखडा सिंहदरबार धावा बोल्न स्वदेश फर्कीने समेत बताएकाछन ।

आफुहरुले जुनसुकै मूल्य चुकाउनु परे पनि पछि न पर्ने र बैज्ञानिक समाजवाद ल्याएरै छाड्ने भनाइ राख्दै आफ्नो मोर्चमा प्रवेश गरेका सबैलाई बधाई तथा शुभकामना दिदै आगामी दिनमा प्रवासमा निस्वार्थ रुपमा प्रवासी श्रमीक वर्गको पक्षमा काम गर्न निर्देशन दिएकाछन ।
प्रवासी नेपाली जनसमाज भारत कर्नाटका राज्य समिति केआरपुरम नगर समिति संयुक्त एरिया भेला तथा संगठन प्रवेश कार्यक्रम आयप्पा नगर अध्यक्ष देबेन्द्र बटाला संचालनमा दमसन्द्रा अध्यक्ष सागर खत्रीको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा नगर अध्यक्ष देबेन्द्र रावल अतिथि नगर सचिव केनिज बराल र आयप्पा नगर एरिया कोषाध्यक्ष मणीराम बिष्ट अल्फा गर्डेन अध्यक्ष तिलक कार्की , सचिव सुशील , करण निमाईलीको उपस्थितिमा माओवादी केन्द्र कैलाली जिल्ला सदस्य तथा मोहन्याल गाउँ कमिटी सचिव सुरेश क्षेत्री माओवादी केन्द्र परित्याग गरि र धन बहादुर शाही , पदम रावल, डम्बर धानुक, करण निमाली कमल थापा सबिना चौधरी , विमला डाँगी प्रवासी नेपाली जनसमाज भारतमा प्रवेश गर्नु गरेकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार