logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमाले आजै फुट्ने, सचिवले लेखे यस्तो स्टाटस


  • राजनीति
  • बुधबार, साउन २७ २०७८

लामो समय देखि विवादको भुग्रोमा पिल्सिएको दल नेकपा एमाले लगभग फुटको अन्तिम चरणमा पुगेको बुझिएको छ । नेकपा एमालेका सचिव भीम आचार्यको आज बिहानको स्टाटसले उक्त कुराको संकेत गरेको छ ।
एमालेका सचिव आचार्यले पार्टीमा विभाजनकारी प्रवृत्ति हाबी भएको बताएका छन् । बुधबार विहान सामाजिक सञ्जालमार्फत ८ बुँदे अपिल जारी गर्दै उनले यतिबेला एमाले गम्भीर संकटबाट गुज्रिरहेको समेत बताएपछि एमाले सग्लो नरहने ठाउमा पुगेको बुझिएको छ ।

आचार्यले पार्टी एकताका लागि विना जालझेल, छलछाम र हिचकिचाहट रुपमा १० बुँदेलाई लागु गर्नुपर्ने धारणा राखेकाछन । टुट–फुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न पार्टी पङ्क्तिलाई अपिल समेत गरेका छन् ।

यस्तो आचार्यको ८ बुँदे अपिल

(१) एकातिर गत फागुन २८ गते बाट सुरु भएको विभाजन कारी प्रवृत्ति हरु कतिपय बोलि, बचन, काम, व्यवहार र निर्णयहरूमा हालसम्म पनि प्रकट भैरहेका छन्।

(२) अर्कोतिर त्यो प्रवृत्तिको बिरोध मा पार्टी एकता को झण्डा उठाउनु पर्ने अपेक्षा गरिएको पक्षका काम, कारबाही, सर्त, माग र गतिविधि हरु विभाजनकै पक्षमा प्रकट भैरहेका हुन कि भन्ने आशंका बढेर गएको छ।

(३) पक्ष २ वटा प्रवृति एउटै विभाजन कारी नहोस् भन्ने आम कार्यकर्ताको अपेक्षा हो।

(४)दुनियाभरकै प्रतिक्रियावादी शक्ति हरु, देशभित्रका प्रतिगामी सत्ता च्युत तत्वहरु र राम्रो काम गरेर होईन अरुलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायित प्रतिस्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरीरहेको छ।

(५) नेकपा एमालेका देश बिदेशमा भयका लाखौं कार्यकर्ता,समर्थक,शुभचिन्तक तथा जनसमुदाय हरु नेपालको वामपन्थी आन्दोलन र नेकपा एमाले को एकता को पक्षका छन् तर उनीहरु पार्टी बचोस् भन्नै अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासे जस्ता भयका छन र विडम्बना उनी हरु नेतृत्व विहिन पनि छन्।

(६) गत असार २७ गते भएको १० बुँदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार हो। यसैमा टेकेर एकता को शुभारम्भ गर्दै थप समस्या हरु हल गर्दै जान सकिन्छ। विना जालझेल, छलछाम र हिचकिचाहट रुपमा यसलाई लागु गर्नु पर्दछ।

(७) हाल पार्टी एकता को कुरा गर्ने हरु माथि आक्रमण गर्ने, निरुत्साहित–हतोत्साहीत गर्न खोज्ने, अनेक आरोप लगाए र बदनाम गर्ने प्रयास हरु भैरहेका छन्। त्यसबाट एकता पक्षधरहरु हतोत्साहित हुनु

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार