logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कुल प्रसाद केसी लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री !


  • राजनीति
  • बुधबार, साउन २७ २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पदबाट राजीनामा दिएका छन् । बुधबार प्रदेशसभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल बोलाइएको विशेष अधिवेशनअगावै उनले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउँदैछन् । प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा परेका थिए । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट पोखरेल दाङ क्षेत्रनम्बर २ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी २०७४ साल फागुन ३ गते पहिलोपटक र गत बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार