logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

फुट्याे माधव समूह, खनालसहित बरिस्ठ नेता अलग


  • राजनीति
  • आइतबार, साउन ३१ २०७८

एमाले नेता माधव नेपाल र झलनाथ खनाल समूहभित्र दुईधार प्रष्ट देखिएको छ । एउटा धार पार्टी एकताको पक्षमा खुलेको छ । अर्को धार नयाँ पार्टी निर्माण गर्नुपर्ने पक्षमा देखिएको छ । यो दुई धार त्यतिबेला बलियो बन्यो जतिबेला नेता झलनाथ खनाल मृगौलाको समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भए ।

नर्भिक अस्पतालबाट भारत जाने दिन खनालको नाममा एउटा विज्ञप्ति जारी भयो, जुन नेता भीम आचार्यले मस्यौदा गरेका थिए । उक्त विज्ञप्तिमा एकताको विकल्प नभएको सन्देश थियो, त्यही सन्देशपछि नेपाल–खनाल समूहभित्र दुई धार प्रष्फुटन भएको स्रोतको दावी छ । र, आचार्य विवादमा तानिए । त्यसैकारण २०७८ असार २९ गते नेता खनालले भारतबाट शेरबहादुर देउवाको पक्षमा विज्ञप्ति निकाले । उक्त विज्ञप्ति आएको आचार्य स्वयम्ले पत्तो पाएनन् ।

कसले मस्यौदा ग¥यो भन्ने आचार्यले पत्तो नपाउँदै माधव नेपालले स्थायी समितिको ग्रुपमा सेयर गरे । नेपालले ग्रुपमा सेयर गर्दा आचार्यसहितको टोली माधव नेपालकै निवासमा थिए । आफूलाई थाहा नै नदिई खनालको विज्ञप्ति आएपछि रिसाएका आचार्य फन्केर हिंडेका थिए ।

यो समस्या त्यतिमात्र टुंगिएन । २०७८ साउन २२ गते नेपाल–खनाल समूहको केन्द्रीय कमिटीको बिचमा स्थायी समिति बैठकमा पनि आचार्यले नेता नेपालको गाली खानुप¥यो । बाहिर नेपालविनाको पनि एमाले एकता हुन सक्ने बताइरहेका आचार्यले त्यहाँ नेपालविनाको एकता परिकल्पना नै गर्न नसक्ने धारणा राखेका थिए । लगत्तै नेपालले तपाईले बोलेको कुराको प्रमाण दिउँ रु भन्दै आचार्यलाई थर्काएको प्रत्यक्षदर्शी स्रोत बताउछ। त्यसपछि मौन बसेका आचार्यसहित अन्य केही नेताहरु पनि बोलेनन् ।

आश्चार्य चाहिं केही महिना यता नेपाल–खनाल समूहमा खनालनिकट केही नेताहरु अस्वभाविक रुपमा एकताको पक्षमा उभिएका छन् । घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, अरुण नेपाल, निरज आचार्यसहितका खनालनिकट मानिएका नेताहरु अहिले नेपाललाई छोडेर पनि एकता गर्न सकिने धारणा राखिरहेका छन् ।

ओलीनिकट नेताहरुसँग उनीहरुले अन्तिममा नेपाललाई छोडेर एमालेमा रहनसक्ने बताइरहेका छन् ।
यो सन्देश भीम रावलले पनि अध्यक्ष ओलीसँग पु¥याइसकेका छन् ।

विभाजन भएको अवस्थामा आफू एमालेमै रहने रावलले भनिसकेको स्रोतको दावी छ । तर, नेता खनालनिकट नेताहरु चाहिं समूहबद्ध रुपमै एकताको पक्षमा उभिनुलाई नेपाल–खनाल समूहमा आश्चर्यको रुपमा हेरिएको छ ।

अहिले नेता खनालले पनि आफूनिकटका नेताहरु पाण्डे, आचार्यभन्दा पनि सीधै माधव नेपालस“ग सम्पर्क बढाएको स्रोत बताउछ । २९ असारको विज्ञप्तिको मस्यौदा नै नेपालको सचिवलायले गरेको चर्चा छ भने २१ साउनको केन्द्रीय कमिटीको बैठकमा पनि खनाल छिट्टै नेपाल आउन लागेको र शुभकामना सन्देश पनि नेपालले सुनाएका थिए ।

भारत जानुअघि नेपाल समूहलाई नै कमजोर बनाउने खालको विज्ञप्ति मस्यौदा गरेपछि भीम आचार्यसँग रिसाएका खनाल २७ असारमा १० बुँदे सहमति हुँदा आफ्नै नेताहरुले व्रिफिङ नगरेको भन्दै पाण्डे, आचार्य, भुसालसहितका नेताहरुसँग असन्तुष्ट रहेको स्रोत बताउछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार