logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

आजै एमाले फुट्दै, मध्यरात बालकाेटमा के के भयाे ?


  • राजनीति
  • मंगलबार, भाद्र १ २०७८

सरकारले संसद् अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको निष्कर्ष निकाल्दै प्रमुख प्रतिपक्षी दलका नेताहरू रणनीतिक छलफलमा जुटेका छन्।

सरकारले संसद् अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेपछि एमाले अध्यक्ष केपी ओली आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष ओलीपक्षीय पदाधिकारी र स्थायी कमिटीका नेताहरू ओलीनिवास बालकोटमा छलफलमा जुटेका हुन् । ओलीनिकट केही केन्द्रीय सदस्य पनि बालकोट पुगेका छन्।

माधवकुमार नेपाल पक्षलाई सहज हुने गरी सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमाले विभाजन हुने निष्कर्षका साथ ओलीनिकट नेताहरू छलफलमा जुटेका हुन् । आगामी रणनीति तय गर्ने गरी छलफलमा जुटेको एक नेताले बताए।

विघटित कार्यदलले एकताका लागि १०बुँदे सहमति गरे पनि विवाद मिल्न सकेको छैन । नेताहरू आरोप–प्रत्यारोपमा रहिरहेका वेला विघटित कार्यदलका सदस्यहरू भने निरन्तर छलफलमा रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार