logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कन्चरपुर अपडेट : समाचार संकलन गर्दा प्रहरीले कुट्यो तीन पत्रकार


  • राजनीति
  • शुक्रबार, भाद्र ८ २०७५

कञ्चनपुर – प्रहरीले निर्मला हत्याकाण्डमा आन्दोलन चलिरहेका बेला  समाचार सङ्कलन गरेको भन्दै कञ्चनपुरका तीन पत्रकारलाई कुटपिट गरेको छ । नेपाल टेलिभिजनका कञ्चनपुर समाचारदाता पदम बोहरा, रेडियो कञ्चनपुरका स्टेशन म्यानेजर कुण्दन पाण्डे र पवनदुत यातायात समितिका प्रेस सल्लाहकार महेशराज जोशीलाई प्रहरीले आन्दोलनमा हिरो भएर प्रहरीले कुट्दा फोटो खिचेको भन्दै  कुटपिट गरेको हो ।

उनीहरुले पत्रकार भएको र परिचय पत्र देखाउँदा देखाउँदै पनि प्रहरीले कुटपिट गरेको बताएका छन् । उनीहरुलाई बिहिबार महेन्द्रनगरमा कुटपिट गर्नुका साथै प्रहरीले दुव्र्यवहार समेत गरेको छ ।

पत्रकार कुटपिट गरेको भन्दै नेपाल पत्रकार महासंघ र प्रेस युनियन कञ्चनपुरले घोर आपत्ति जनाउँदै कुटपिटको भत्र्सना गरेको छ । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णू दत्त अवस्थी र प्रेस युनियन कञ्चनपुरका सचिव अमर बहादुर चन्दद्धारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा समाचार संकलन गर्न गएका पत्रकारमाथि प्रहरीले कुटपिट र दमनशैलीमा दुव्र्यवहार गरेको भन्दै दोषीमाथि कार्बाहीको माग गरेका छन् ।

कञ्चनपुर प्रहरीले भने भिडभाडका बेला पत्रकार पहिचान नभएका कारण भिड नियन्त्रणका क्रममा कुटिएको हुनसक्ने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार