logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

कन्चनपुर: प्रहरीको गोली लागेका सन्नीलाई शहिद घोषणा गर्न परिवारको माग


  • राजनीति
  • शनिबार, भाद्र ९ २०७५

कञ्चनपुर– गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका १८ सालघारीका सन्नी खुनालाई शहिद घोषणा गर्न परिवारले माग गरेको छ । मृतकी आमा मञ्जु खुनाले छोरालाई सरकारले शहिद घोषणा गर्नुपर्ने बताइन् । उनले शहिद घोषणा नगरेसम्म शव नबुझ्ने बताएकी छन् ।

यसैबीच, भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले मृतकका परिवारलाई तीन लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । शुक्रबार भएको विरोध प्रदर्शनमा गोली लागेर १७ वर्षीय खुनाकाे मृत्यु भएको थियो । महाकाली अञ्चल अस्पताल नपुर्याउँदै खुनाको मृत्यु भएको हो ।

उनको मृत्युपछि स्थितीलाई नियन्त्रणमा लिन हिजो बेलुका आठ बजेदेखि लगाइएको कर्फ्यू अझै पनि जारी छ । घटनाको छानविन तथा निकासको लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बिहान ८ बजेदेखि सर्वपक्षीय बैठक बसेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि झण्डै एक महिनादेखि कञ्चनपुर आन्दोलित छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार