logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमाले छाडेर १० सांसद माधवको पार्टीमा आउदै !


  • राजनीति
  • बुधबार, भाद्र १६ २०७८

पार्टी फुट सगै नेकपा एमालेका प्रदेश र स्थानीय तहसम्म त्यसको तरङ्ग पर्दै गएकोछ । यसै बिच प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई यतिबेला आफू नेतृत्वको सरकार जोगाउन सकस परेको छ । सत्तारुढ एमाले पार्टी विभाजनपछि तत्कालीन मुख्यमन्त्री शेरधन राईको राजीनामा गराएर एमालेकै तर्फबाट मुख्यमन्त्री बनेका आचार्य यतिबेला प्रदेशसभामा एकल बहुमत कायम राख्न सकसमा परेका छन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले नेपालको संविधानको धारा १६८ (१)अनुसार बहुमत प्राप्त दलको नेताको रूपमा आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । तर पार्टी विभाजनसँगै मुख्यमन्त्री आचार्यसँग प्रदेशसभामा एकल बहुमत कायम नरहने देखिएको छ ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका कुल ५१ जना सांसद रहेकोमा पार्टी विभाजनका कारण अब यो समीकरणमा फेरबदल हुने देखिन्छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा एमालेका कतिपय सांसद सामेल हुने तयारीमा छन् । निर्वाचन आयोगले तोकेको म्याद अर्थात् भदौ २२ सम्म एमालेका सांसदहरुले नयाँ दलमा सामेल हुन चाहे निर्वाचन कार्यालयमा पुगेर सनाखत गराउनुपर्ने हुन्छ । यसरी सनाखत गराएका सांसदहरु नयाँ दलको सांसदका रुपमा कायम रहनेछन् ।

प्रदेश १ प्रदेशसभामा एमालेका कम्तीमा पनि १० सांसद अहिले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा खुलेका छन् । एमालेबाट १० सांसद बाहिरिएको अवस्थामा मुख्यमन्त्री आचार्य प्रदेशसभामा अल्पमतमा पर्नेछन् ।

प्रदेश १ मा कुल ९२ सांसदका आधारमा बहुमतका लागि कम्तीमा ४७ जना सांसद आवश्यक पर्छ । एमालेका १० सांसदले नयाँ दलतिर झुकाव राखेका कारण एमालेसँग पूर्ण बहुमत कायम नरहने देखिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार