logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

संवैधानिक परिषदद्वारा प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस


  • राजनीति
  • शनिबार, भाद्र ९ २०७५

काठमाडौं । संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार बसेको परिषदको बैठकले सर्वोच्च अदालतका हालका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

संवैधानिक परिषदले प्रधानन्यायाधीशमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको थियो

संवैधानिक परिषदले पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि दोस्रो नम्बरमा रहेका मिश्रको नाम सिफारिस गरेको हो ।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगायत सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार