राजनीति
नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिवन्ध फुकुवा भएसँगै राजनीतिक भेटघाट र संगठन विस्तारमा सक्रिय रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मकवानपुरमा दुई रात बिताएकाछन ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को बैठकलाई सम्बोधन गर्न महासचिव विप्लव भदौ १५ गते मकवानपुरको मनहरी गाउँपालिका-३ पुगेका हुन । दुई रात जनताकै घरमा सामान्य जीवनशैलीमा बिताएर उनी भदौ १७ गते त्यहाबाट फर्कीएको भएको नेकपा स्रोतले बताएको छ ।
नेकपा स्रोतका अनुसार महिला संघको बैठकका लागि देशभरबाट झण्डै सयको संख्यामा सहभागी भएका थिए । उनीहरु सम्पूर्णलाई स्थानीय जनताको घरमा आवासको व्यवस्था मिलाएर जनताकै घरमा बैठक चलाइएको थियो । क्रान्तिकारीको केन्द्रीय कमिटी जम्मा ३७ जनाको रहेको छ ।
महासचिव विप्लवले बैठकका अतिरिक्त कार्यकर्ता भेटघाटलाई निरन्तरता दिएका थिए । भेटघाटका क्रममा उनले दुईवटा कुरालाई मुख्यत केन्द्रित गरेको बताइएको छ । सहभागी एक कार्यकर्ताका अनुसार बिगतको सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमतिको अक्षरश: कार्यान्वयन र वैज्ञानिक समाजवादको एजेण्डालाई जनतामाझ लैजानका लागि जनमत संग्रह नै अहिलेको मुख्य विषय रहेको विप्लवले बताएकाछन ।
महासचिव विप्लवको सरल जीवन शैली सदैव प्रष्ट नै छ ‘उनी कुनै बिशिष्ट व्यक्तिहरुसँग होइन, सामान्य जनताहरुसँग र कार्यकर्ताहरुको बीचमा बस्नेगर्दछन’, विप्लवको ‘जनतासँगै खाने,जनताकै घरमा बस्ने र रहने कुरा नेपाली राजनीतिमा एक उदाहरण बनेको छ ।