logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

‘सक्छाै मलाई जेल काेच’, ‘राष्ट्रघात अस्वीकार्य’ छ : डा. रावल


  • राजनीति
  • आइतबार, भाद्र २० २०७८

प्रमुख प्रतिपक्षि दल नेकपा एमाले उपाध्यक्ष भिम रावलले गृह काे विज्ञप्ति प्रति कडा आलोचना गर्दै आफुलाइ जेल हाल्न चुनाैती दिएका छन । देउवाले ५० दिनसम्म मन्त्रीपरिषद पुर्णता दिन नसक्ने लाज पचायर एमसिसीकाे बिराेध गर्नेलाई जेल काेच्ने निर्देशन दिएकाे भन्दै जेल काेच वा गाेली हान सबैभन्दा पहिला म तयार छु भनेका छन् ।
एमसीसी परियोजनाको बिरोध गर्दै आएका एमाले उपाध्यक्ष डा. भीम रावलले पनि गृहको विज्ञप्तिमाथि कडा अभिव्यक्ति दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताको विरोध गरे जेल चलान गर्ने भनी सूचना गरेको आरोप लगाउँदै आफूले एमसीसीलाई राष्ट्रघाती भनेको आधारमा पक्राउ गर्न चुनौती दिए ।

एमाले उपाध्यक्ष रावलले भने, ‘यो लोकतन्त्र हो कि के तन्त्र हो ? कि शेरबहादुरजीले अर्कै तन्त्र ल्याइसक्नुभयो ? मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन, ५० दिन भैसक्यो । लाज पनि मान्नुपर्ने, उहाँ के सूचना जारी गराउनुहुन्छ भने मिलेनियम च्यालेन्जसँग गरेको सम्झौताबारे कोही बोलेपछि, त्यसको विरोध गरेपछि जेल चलान गरिनेछ ।’

रावलले अगाडि भने, ‘म शेरबहादुर देउवाजीलाई नेपालको एउटा देशभक्त नागरिकको हैसियतले चुनौतीका साथ भन्छु– मिलेनियम च्यालेन्ज राष्ट्रघाती सम्झौता हो । मलाई गिरफ्तार गर । गृहमन्त्रालय आउ मलाई पक्रेर लग । आँट गर्छौ भने तिमी देशघातीहरुले यो सम्झौताका लागि नेपाली जनतालाई धम्क्याएर देशभक्त नेपाली जनता धम्किँदैनन् । तिम्रो धम्कीलाई म देशभक्त नेपाली जनताको बुटले यहीँबाट कुल्चिदिन्छु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार