logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरामा घट्यो दुखट घटना: १३ वर्षीया पुष्पा केसीको भेटीयो शव,वलात्कारपछि हत्या भएको आशंका


  • राजनीति
  • शनिबार, भाद्र ९ २०७५

The dead man's body. Focus on hand

पोखरा-  विद्यालयबाट घर फर्कदै गर्दा बेपत्ता भएकी पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको शव लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडीमा भेटिएको छ।

स्थानीयले पुष्पाको बलात्कार पछि भएको आशंका गरेका छन् । उनीहरुका अनुसार मृतकको लगाएको स्कर्ट शव भएको स्थान भन्दा ३/४ हात पर भेटिएको छ । त्यस्तै योनाङ्गबाट रक्तश्राव भएको र त्यो रोक्न प्याड प्रयोग गरिएको पाइएको छ । घटना स्थलको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने स्थानीयबासीको दाबी छ । यद्यपि प्रहरीले भने अहिले केहि भन्न नसकिने बताएको छ ।

पुष्पा बिन्ध्यबासिनी मावि कक्षा ६ मा अध्ययनरत थिइन् । बिहीबार कक्षा १ मा अध्ययनरत बहिनीसँगै स्कुल बस चढेर लामाचौरस्थित घरतर्फ गइरहेकी थिइन् । घरमा पुग्न करीब एक सय मिटर तल आएपछि ‘बहिनीलाई घर अगाडि बसबाट झार्दिनू, म टमाटर किनेर ल्याउँछु’ भन्दै बसबाट ओर्लेकी थिइन् ।

पुष्पाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । सुरुमा आफन्तले पोष्टमार्टम नै गर्न मानेका थिएनन् ।

घर भन्दा अगाडि नै बसले किन र्झन दिएको हो ? भन्दै घटनाको जिम्मा विद्यालयले लिनुपर्ने शर्त राखेका थिए तर, दिउँसो अनुसन्धानमा सघाउन परिवार तयार भएपछि पोष्टमार्टम प्रक्रिया शुरु भएको हो ।

पुष्पाका बुबा नृतेन्द्र नेपाल प्रहरीका भूतपूव हवल्दार हुन्, जो गण्डकी बोर्डिङ स्कुल लामाचौरमा सुरक्षागार्डका रुपमा कार्यरत छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार