logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

भ्रष्टाचारीको लगत संकलन सकियो अब कार्वाही हुन्छ : नेता प्रविण


  • राजनीति
  • आइतबार, भाद्र २० २०७८

नेत्र बिक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य तथा दोलखा र सिन्धुपाल्चोक इन्चार्ज ‘प्रबिण’ले भ्रष्टाचारीहरुमाथी निर्मम प्रहार गर्ने चेतावनी दिएकाछन । दोलखा र सिन्धुपाल्चोक जिल्लाका सबै तह र सबै स्तरका भ्रष्टाचारीहरुको लगत संकलन गरिएको बताउदै अब एक्सनमा जाने बताएकाछन । उक्त कुरा दोलखा/सिन्धुपाल्चोकको संयुक्त जनसंगठन तथा जनसेवा अभियानको संयुक्त समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै बताएका हुन ।
सिन्धुपाल्चोकको खाडीचौरमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दोलखा, सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज क. पुर्ण बहादुर सिंह “प्रवीण” को प्रमुख आथित्यतामा भएको थियो । उक्त समीक्षा कार्यक्रममा आफ्नो भनाई राख्दै उहाँले “यो समिक्षा कार्यक्रमबाट अर्को नयाँ अभियानको शुरूवात भएको” बताएकाछन । उनले “जवस/मोर्चा निर्माण र संचालनमा मोहनविक्रम प्रवृत्ति र एमाले प्रवृत्ति जस्ता गलत प्रवृत्तिका विरुद्धमा सशक्त रुपमा लड्नुपर्ने” बताए । त्यस्तै उहाँले “हामीले नयाँको शुरूवात गरेका छौ, राम्रोको शुरूवात गरेका छौ” भन्ने बताए । आफ्नो मन्तव्यमा क्रममा उनले “भ्रष्टाचारीहरुलाई जनताका बीचमा कडा कारवाही गर्ने” बताएका थिए । त्यस्तै उहाँले जनसङगठन तथा जनसेवा अभियान सफल भएको बताएका थिए ।

समीक्षा कार्यक्रममा उपस्थित दोलखा, सिन्धुपाल्चोक जिल्लाका जिल्ला समिति सदस्यहरुले अभियानका उपलब्धि, समस्या, सम्भावनाका बारेमा महत्त्वपूर्ण रिपोर्ट राखेका थिए ।

दोलखा जिल्ला सेक्रेटरी आकाशको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी युगिनले संचालन गरेका थिए । उक्त कार्यक्रममा पार्टीका विशेष कमिटी सदस्य अर्जुन योगीले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै पार्टीका विशेष कमिटी सदस्य यादव दाहाल र किरण घिमिरेले आ-आफ्नो भनाई राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार