राजनीति
बहुबिवादित प्रोजेक्ट एमसीसी खारेजीको माग गर्दै एमसिसी खारेजी राष्ट्रिय अभियानले त्रिभुवन बिमानस्थल प्रवेशद्धार बाहिर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध प्रदर्शन गर्दै गरेका अभियान्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
नेपालमा बिवादित प्रोजेक्ट एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउन लाग्दा एमसीसी खारेज राष्ट्रिय अभियानमा आवद्ध युवा अभियान्ताहरुले त्रिभुवन विमानस्थल अगाडि विरोध प्रदर्शन गरेका थिए ।