राजनीति
नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति सचिवालयको बैठक आज सम्पन्न भएको छ । पार्टीका महासचिव विप्लवको अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकले भोलि पार्टीको आयोजनामा पत्रकार सम्मेलन गर्ने र २८ गते एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित काठमाडौँमा हुने जनसभाको व्यापक तयारी गर्ने लगायतका निर्णय गरेको छ ।
नेकपाका महासचिव विप्लव करिव ५ बर्षपछि काठमाडौं मा हुने बृहत् बिराेध प्रदर्शन कार्यक्रमलाई सम्बाेधन गर्दैछन् । पार्टीको आठौं महाधिवेशन पश्चात् भुमिगत भएका विप्लवले पहिलोपटक अमेरिकि मिलेनियम च्यालेज्न कर्पाेरेसन एमसिसी बिरुद्धकाे काठमाडौंमा हुने बृहत् बिराेध प्रदर्शनलाई सम्बाेधन गर्न लागेका हुन ।