logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मध्यरात सभामुख सापकोटा बिरुद्ध महाअभियाेग तयारी


  • राजनीति
  • शनिबार, भाद्र २६ २०७८

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउदै सभामुख सापकोटा बिरुद्ध कठाेर कदम उठाउने चेतावनी दिएका छन । गए राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सभामुख अग्निप्रसाद सापकोटाले एमालेलाई कमजोर पार्ने भूमिका खेलेको पनि जिकिर गरे । उनले सभामुखले एमालेले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सूचना जारी नगरेकोमा पनि गुनासो पोखे । उनले सभामुख सापकोटाविरुद्ध आफ्नो पार्टीले महाभियोगको प्रस्ताव ल्याउनसक्ने पनि घोषणा गरेका छन् । तर, आफूहरु भदौ २८ गतेसम्म अदालतको फैसला कुरेर बसेको पनि उनले सुनाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार