logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमालेकाे प्लान : संसदमै सभामुखकाे टाउकाे फुटाउने देखि माइकले हान्नेसम्म


  • राजनीति
  • शनिबार, भाद्र २६ २०७८

हिजाेकाे प्रतिनिधि सभा बैठकमा प्रकुख प्रतिपक्षि एमालेकाे चर्काे अवराेधका बिच सभामुख अग्नि सापकाेटाले संसद बैठक पेलेरै चलाए । आफ्ना पुर्व निलम्बन मा परेका सांसदलाइ संसद बैठकमा उपस्थित गराएकाे र एमाले फुटाउन सहयाेग गरेकाे भन्दै एमाले ले लगातार दुई पटक संसदमा अबराेध जारी राखेकाे छ ।

तर संसदकाे अवराेधका बिच सभामुखले सदन अगाडि बढाए भने सरकारले अध्यादेश पेश गरेर पारित मात्रै गरेन दल बिभाजनकाे मान्यता तथा ओली सरकारकाे बजेट बिस्थापन गरेर संशोधन बजेट पेश गर्याे ।

संसद चलिरहदा संसद भित्र निकै अमर्यादित दृश्य देखिए विरोधमा राेष्टम घेरेका सांसदहरु मर्यादककै काध चढेर मन्च पुग्न खाेजे तर ती प्रयास असफल भए । संसदीय अभ्यासमा संसद गठन बिघठन राेष्टम घेराउ नाराबाजी ताेड्फाेड सामान्य घटना हुन जसलाई स्वभाविक रुपमा नै लिईन्छ ।

तर सांसदहरु बिराेध गर्ने नाममा ज्यान मार्ने धम्किसम्म दिन पुगे केही समय अघि कांग्रेस सांसद नराेत्तम वैद्यले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ गाेली ठाेकेर मार्नुपर्ने अभिव्यक्ति राष्ट्रिय सभा बैठकमा नै दिएका थिए । केही समय निकै आलोचनाका पात्र बनेका वैद्यले सार्वजनिक माफि माग्नु पर्याे र राष्ट्रिय सभामा लिखित जवाफ पेश गरे र सदन मा पनि माफि मागे ।

हिजाेकाे संसद बैठकबाट बाहिरिने क्रममा एमाले सांसद गंगा चाैधरीले सभामुख अग्नि सापकाेटाकाे टाउको फुटाइदिन्थे भन्ने अभिव्यक्ति दिइन । पत्रकारकाे जवाफमा सापकोटा सभामुख नभइ आज गुरिल्लाकाे भुमिका खेलेकाले उनकाे टाउको फुटाउने याेजना थियोे भन्दै त्याे सफल नभए बताइन् ।

यस्तै नेकपा (एमाले) अर्की सांसद रेखाकुमारी झाले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका चित्तबुझ्दो नभएको टिप्पणी गरेकी छिन् । सभामुखले संसदीय मर्यादा पालना नगरेको उनको गुनासो थियो ।

उनले सभामुख सापकोटा नियम, कानून र संसदीय अभ्यासअनुसार नचलेको पनि टिप्पणी गरिन् । उनले मर्यादापालकले आजको बैठकमा शक्ति प्रदर्शन गर्न खोजेको भन्दै आपत्ति जनाईन् । उनले मर्यादापालकहरुले दमन गर्न नपाउने पनि बताईन् । उनले सत्तापक्षले गरेको दमनकारी व्यवहार भएको बताईन् ।

बैठकमा आफूले सभामुख सापकोटालाई माईकले नै प्रहार गर्न खोजेको सुनाईन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले माईक खोसेकोले आफूले प्रधानमन्त्रीको पनि प्रतिष्ठा राखिँदा सभामुख माईक प्रहार खानबाट रोकिएको उनको भनाई थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार