logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

महसचिव विप्लव खुल्ला मंचमा प्रवेश


  • राजनीति
  • सोमबार, भाद्र २८ २०७८

नेकपका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ ५ वर्षपछि काठमाडौको ठुलो सम्बोधन गर्न खुल्लामन्चमा प्रवेश गरेकाछन । नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध आज भदौ २८ गते काठमाडौँको खुल्ला मञ्चमा बृहत जनसभालाइ सम्बोधन गर्दैछन ।

एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित भएको बृहत जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लगाएयत अन्य दलका नेताहरुले समेत सम्बोधन गर्नेछन ।

खुल्ला मन्चमा भैरहेको कार्यक्रममा २० हजार भन्दा बढीको उपस्थिति रहेको बताइएको छ । काठमाडौँ र आसपासका जिल्लाका ठाउँठाउँमा प्रचारप्रसारका लागि पर्चा वितरण गर्नुका साथै झण्डा, ब्यानर, पम्प्लेट बनाउने र विभिन्न जिल्लाबाट आउने जनमानसहरुको तयारी गरेको थियो ।

आज बिहान साँढे ११ बजेदेखि काठमाडौँको त्रिपुरेश्वर, भृकुटीमण्डप र लैनचौरबाट र्यालीहरु निस्किएका थिए, मूल जुलुस सुन्धाराबाट हुने उक्त ठाउँबाट महासचिव विप्लव समेत जुलुसमा जोडिएका थिए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार