logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

आफुलाई मार्न गाेली प्रहार भएको ओलीकाे खुलासा


  • राजनीति
  • बुधबार, भाद्र ३० २०७८

पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू झण्डै मारिएको रहस्य खोलेका छन् । उनले झापा पुगेर आफ्नै छेउबाट गोली गएको रहस्य खोलेका हुन् ।

सुखानी हत्याकाण्ड सम्झदै उनले आज भने, ‘दौडन नसकेको भए सुखानीमा मर्नेमध्ये म पनि हुन्थें ।’

संघर्षका क्रममा मर्ने अवस्था पनि आउने बताए । उनले भने, ‘मर्न पनि सकिन्छ । यतैबाट गोली गएको यतैबाट गोली गएको तैपनि बचें ।’ उनले आफू समातिनबाट बचेर बाँचेको सुनाए । उनले भने, ‘दौडन नसकेको भए सुखानीमा मर्नेमध्ये म पनि हुन्थें ।’

आफ्नै झण्डै हत्या भएको भन्दै बाँचेर अहिलेको अवस्थामा आएको बताए ।

ओलीले बलिदानीका लागि जहिल्यै पनि एमाले कार्यकताृ तयार रहने बताए । उनले एमाले कार्यकर्तालाई इमानका साथ आवश्यक पर्दा बलिदानीका लागि तयार हुन भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार