राजनीति
पुर्व लडाकु भनिएका लेनिन विष्टलाई विमानस्थलबाट फिर्ता गरेको विषयलाई लिएर नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादललाई २४ घण्टे स्पष्टीकरण सोधे पछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्ट बनेका छन ।
एक कार्यक्रमका लागी थाइल्याण्ड जान लागेका उनलाई गृह मन्त्रालयले विमानस्थलबाट फर्काइएको थियो । उनलाई फर्काइएसँगै प्रधानमन्त्रीले कारणसहितको स्पष्टीकरण गृहमन्त्री बादलसँग सोधेका थिए ।
प्रधानमन्त्री स्पष्टीकरण सोधेको विषय बाहिरिएसँगै पूर्व माओवादी खेमाले प्रधानमन्त्रीको आलोचना गरेका थिए । यसैका बीचमा प्रचण्डले प्रधानमन्त्रीलाई भेटेका छन् ।
प्रधानमन्त्री सचिवालयका एक सदस्यका अनुसार भेटमा प्रचण्डले ओलीलाई पूर्व माओवादी अध्यक्षको हैसियतमा बोल्न बाध्य नबनाउन आग्रह गरेका थिए । ‘जनयुद्धका हरेक विषयले हामी खासगरी माओवादीलाई गम्भिर बनाउँछ, लेनिन भन्ने मान्छेको प्रकरणमा तपाईले सोधेको स्पष्टीकरणले मलाई पूर्व माओवादी अध्यक्ष तथा जनयुद्धका कमाण्डरको हैसियतमा बोल्न बाध्य बनाउँदै हुनुहुन्छ, यस्तो काम तपाईबाट नहोस्,’ प्रचण्डले भनेका छन्, ‘यस्तै कदम चाल्नु छ भने सल्लाहमै गरौँ, हामी अहिले एउटै पार्टीमा छौँ ।’