logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

रुपालाई छुवाछूत गरेकी सरस्वतीलाई १ लाख १५ हजार धरौटीको आदेश


  • राजनीति
  • बुधबार, असोज ६ २०७८

कलाकार तथा सञ्चारकर्मी तथा पत्रकार रुपा सुनारमाथि जातिय विभेद तथा छुवाछूत गर्ने घरबेटी सरस्वति प्रधानलाई जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायण प्रसाद सुवेदीको एकल इजलाशले उनलाई धरौटी तिर्न आदेश दिएको हो ।

गत असार १ गते कोठो भाडा दिने पक्का भएपछि बबरमहलकी घरबेटी सरस्वति प्रधानले रुपाको जात सोधेकी थिइन् ।

तर, उनले आफ्नो जात विश्वकर्मा अर्थात कामी भएको बताएपछि घर भाडामा दिन अस्विकार गरेकी थिइन् । सोही विषयमा आफूलाई विभेद भएको महशुस गर्दै रुपाले असार ३ गते प्रहरी बृत सिंहदरबारमा जाहेरी दिएकी थिइन् । तर, प्रहरीले शुरुमा जाहेरी लिन समेत अस्विकार गरेको थियो ।

अधिकारकर्मीको दबावपछि जाहेरी लिएको प्रहरीले प्रधानलाई जाहेरी परेको तीन दिनपछि पक्राउ गरेको थियो । पक्राउ परेकी उनी तीन दिन हिरासतमा बसेकी थिइन् ।

तर, तत्कालिन केपी ओली नेतृत्वको सरकारका शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले मन्त्रीकै गाडीमा राखेर उनलाई छुटाएर लगेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार