logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमसिसीको जग्गा नेकपाको कब्जामा


  • राजनीति
  • बुधबार, असोज २० २०७८

बहु बिवादित एमसीसी परियोजनाका लागि सरकारले अधिग्रहण गरेको जग्गा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कब्जा गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका-७ रातमाटेमा रहेको ३९८ रोपनी जग्गा नेकपाका कार्यकर्ताले कब्जा गरेका हुन् ।

एमसीसीविरुद्ध चर्को नारावाजी गर्दै उनीहरुले जग्गामा पार्टीको झण्डा गाढेका छन् । जग्गा कब्जा गर्न गएका कार्यकर्ताहरुले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर !’, ‘एकीकृत जनक्रान्ति जिन्दावाद !’ जस्ता नारावाजी गरेका थिए ।
आन्दोलनको कार्यक्रमअन्तर्गत जग्गा कब्जा गरेको नेकपा स्रोतले बताएको छ । एमसीसी सम्झौताविरुद्ध नेकपा लामो समयदेखि आन्दोलित छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार