logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रधानन्यायाधीश राणामाथी महाभियोग लगाउ : बरिस्ठ अधिवक्ता त्रिपाठी


  • राजनीति
  • आइतबार, असोज २४ २०७८

बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नै मागेका छन् । उनले भने,‘अहिलेको घट्ना यो जनसरोकारको विषय हो । संविधानवादको मूल आत्मामाथि नै प्रहार भएको छ । शक्ति पृथकीकरण ध्वस्त भयो । न्यायापालिकाको स्वतन्त्रता ध्वस्त भयो । कार्यपालिका र न्यायापालिकाबीच अपवित्र साँढगाँठ देखिएको छ । यो गम्भीर चिन्ताको विषय हो । यो संविधानमाथिको अपुरणीय क्षति हो । न्यायापालिकाको ठूलो शक्ति भनेको पब्लिकको विश्वास अनि भरोसा हो । उहाँ अब प्रधानन्यायाधीश हुन योग्य हुनुहुन्न । म उहाँको ओपेन्ली राजीनामा माग्छु ।’

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै त्रिपाठीले प्रधानन्यायाधीश जबरा जति दिन पदमा बस्छन् त्यति नै न्यायापालिकाको ड्यामेज हुने टिप्पणी गरे । उनले भने,‘उहाँको कार्यकाल अझै १४ महिना बाँकी छ। उहाँ विदा भएसँगै यो संविधान पनि विसर्जित हुन्छ । प्रधानन्यायाधीशबाट नै ठूलो खतरा यो संविधानमा देखियो । न्यायापालिकाको विश्वसनियता र गरिमामा खतरा आयो । उहाँ अब घर जानुपर्छ । राजीनामा गर्नैपर्छ ।’

उनले नेपालका राजनीतिक दल जनताप्रति उत्तरदायी भए, र नैतिकता र विश्वसिनयता छ भने तत्काल प्रधानन्यायाधीशमाथि महाभियोगको प्रस्ताव दर्ता हुनुपर्ने बताएका छन् । उनले भने,‘उहाँले न्यायिक विचलन गर्नुभएको छ । न्यायलयको अस्तित्वलाई संकटमा पार्नुभएको छ । अब संविधान र अदालतले उहाँलाई धान्न सक्दैन् । न्यायापालिकाको स्वतन्त्र अस्तित्वको लागि उहाँ विदा हुनैपर्छ । राजनीतिज्ञहरुले संविधान बुझेका छैनन् र ? उहाँले कार्यपालिकामा भाग खोज्नुभको छ । कार्यपालिका स्वेच्छचारी हुनसक्छ भनेर स्वतन्त्र अदालत भनिएको हो । संवैधानिक निकायमा प्रधानन्यायाधीशले आफ्ना आसेपासे नियुक्त गर्नुभयो । गैरसंवैधानिक नियुक्तीको मतियार उहाँ बन्नुभयो ।’

संवैधानिक निकायको नियुक्ती नै गैरसंवैधानिक हो भनेर आफूहरुले रिट दायर गरेको १०औं महिना हुँदासमेत उक्त रिटको सुनुवाई हुन नसकेको उनको गुनासो छ। उनले भने,‘उहाँ पदमा रहनु भनेको त्यो चाहीँ लोकतन्त्रको लागि खतरा हो । स्वयम न्यायपालिकाको लागि खतरा हो । बाँकी जजेजले अब उहाँसँग कसरी बेन्च सेयर गर्ने ? सर्वोच्च अदालतमा फर्किने नैतिकता के हो ?’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार