logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रहरी हिरासतबाट घर नफर्कि सधैका लागि बिदा भए विप्लवका दाजु बिरजङ्ग


  • राजनीति
  • शुक्रबार, असोज २९ २०७८

लामाे समय देखि मुटु तथा काेराेनाबाट पिडित नेकपाका पुर्व पाेलिट ब्युराे सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्वका दाजु चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को ६१ वर्षको उमेरमा दुःखद् निधन भएको छ ।
भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत उनको गएराती अस्पतालमै निधन भएको हो ।विगत १० बर्षीय जनयुद्धमा ग्रामीण वर्गसङ्घर्ष उठाउन महत्वपुर्ण भूमिका खेलेका नेता वीरजङ्गले पञ्चायती निरङ्कुशता र नेपालको सामान्ती राजतन्त्रका बिरुद्धको संघर्षमा नेतृत्वदायी भूमिका खेलेका थिए ।
विप्लवले बैद्यसंग पार्टी फुटाएर नेकपा गठन गरेपछि सरकारले लगाएको प्रतिबन्धको समयमा लामो समयसम्म हिरासत र जेल जीवन व्यतीत गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले गाँजेको थियो ।दुईपटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो । प्रतिबन्धको समयमा प्रहरी हिरासतभित्रै उनलाई कोरोना सङ्क्रमण समेत भएको थियो । २०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका नेता वीरजङ्गको सम्पूर्ण जीवन राजनीतिमै व्यतित भएको छ ।नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ । नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु पनि हुन् ।
वीरजङ्गका आमा, श्रीमती, दुई छोरा–बुहारी छन् ।नेता वीरजङ्गको शव भारतबाट भोलि नेपाल ल्याइने र उनको परिवार बसोबास गरिरहेको कपिलवस्तु शिवगढीस्थित घरमा नेकपा महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरूसहित पार्टीका नेता–कार्यकर्ता र जनसमुदायबीच श्रद्धाञ्जलीसभा आयोजना गरिने भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार