logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

जमिन फाटेर काठमाडौंमा ४ घर भत्किए


  • राजनीति
  • शनिबार, भाद्र १६ २०७५

काठमाडौं – शुक्रबार बूढानीलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा जमिन फाटेर चार घर भत्किएकाे छ । १४ घरसमेत धरापमा परेका छन् । १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जमिन चिरा परेर फाटेपछि राधिका धिताल, बीरबहादुर तामाङ चित्रबहादुर बस्नेत,  र सुशीला बस्नेतको घर भत्किएको हो ।

चिरा परेको ठाउँमा पहिले डाँडो थियो । खारेर प्लटिङ गरेको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने भूगर्भविदले अनुमान गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार