राजनीति
शिक्षामन्त्री देवेन्द्र पौडेल विहीबार बिहान निरीक्षण भ्रमणका लागि भन्दै सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) मा पुगे । मन्त्री आउने थाहा पाएका कर्मचारीहरु कामै रोकेर कार्यालय अगाडि नमस्कार गर्दै लाइनमा उभिए । नमस्कार गर्दै लाइनमा उभिएका कर्मचारीहरु हेर्दा पञ्चायतकालको झल्को आउँथ्यो ।
मन्त्रीहरु आफ्नो मातहतका निकायमा निरीक्षण गर्न जानु स्वभाविकै हो । तर, गणतन्त्र आइसक्दा पनि कर्मचारीहरुले पञ्चायतकालमा राजा–महाराजालाई जस्तै भक्ति गरेर लाइनमा उभिनुले नफेरिएको संस्कृतिको झल्को दिएको छ । त्यसो त अहिले पनि सिंहदरबारमा र पुल्चोकस्थित मन्त्री निवासमा फूलको गुच्छा र खादा लिएर मन्त्रीलाई भेट्न जाने भक्तहरूको घुइँचो सकिएको छैन । मन्त्री पाैडेल शिक्षा मन्त्री भएको केही दिन नबित्दै पहिलाे भ्रमण अनुगमन सिटिईभिटी नै किन बनाए त्याे चासाेकासाथ हेरिएकाे छ । नेपालमा प्राविधिक शिक्षाको महत्त्व र आवस्यकता बढ्दाे भएपनि गुणस्तर र बिचाैलिया तथा कमिसनकाे दलदलमा सिटिईभिटी नै फसेकाे सवत्र गुनासाे छ । बिदेशी अनुदान, निजि तथा सरकारी सम्बन्धन जस्ता बिषयमा मन्त्री स्तरमै ठुलाे कमिसनकाे खेलाेमेलाे चल्ने बिषय नयाँ भने हाेइनन् । करिव २०६९ साल यता सिटिईभिटीले नयाँ सम्बन्धन दिन पाएकाे छैन् । तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पाेखरेल हुदा कमिसनसमेत मन्त्री स्तरमा पुग्दापनि सम्बन्धन राेकिएकाे थियोे । यसै बिच झन्डै ८ बर्षसम्म राेकिएकाे सम्बन्धनकाे लफडा मन्त्री पाैडेलले पार लाउला या लाउदैनन् आम चासाेकाे बिषय छ ।