logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भ्रष्टाचार गर्ने खानेपानी हाकिमलाई गाेवर दलेर नाङ्गै बजार घुमाइयाे !


  • राजनीति
  • बिहिबार, कार्तिक ४ २०७८

भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय प्रमुख राजेश्वर कुशवाहालाई सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले गाेवर दलेर नाङ्गै सडकमा घुमाएका छन् ।

ढल निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै प्रमुख कुशवाहालाई अर्धनग्न बनाएर हिलो दली उनीहरूले बजार घुमाएका हुन् । प्रदर्शनकारीले जनकपुरधामका मेयर लालकिशोर साहलाई पनि भ्रष्टाचारी भन्दै नाराबाजी गरेका छन् । मेयर साहलाई समेत कारवाही गर्ने उनीहरूले चेतावनी दिए ।

कार्यालय प्रमुख कुशवाहालाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १० कार्यकर्तालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार