राजनीति
वर्तमान सरकारलाइ चुनौती दिदै आएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी यति बेला सरकारको उच्च निगरानीमा भएको देखिन्छ । नेकपाका प्रवक्ता लगायत झन्डै एकदर्जन केन्द्रिय नेताहरु गिरफ्तार परिसकेका छन । नेकपा दोस्रो नेता प्रकाण्ड लाइ समातेको सुरक्षा निकायको ध्यान बिस्तारै विप्लव तिर गएको चर्चा हुन थालेको छ ।
विप्लवलाइ खोजी गर्न नेपाल प्रहरीको विशेष ब्युरो बनाएर नै परिचालन गरिएको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार विप्लवलाई समात्न भन्दै प्रहरीको ठुलै टोली केही दिनअघि सिन्धुपाल्चोकको एक जंगलमा पुगेको थियो । तर, गोप्य सुचना फेल भएपछि उनलाई फेला पार्न नसकिएको बताइएको छ ।
एक स्रोतका अनुसार गृह मन्त्रालयले विप्लव र विप्लव नेतृत्वको नेकपाका शिर्ष नेताहरुलाई पक्राउका लागि भिन्दै बजेटकै व्यवस्था गरेको छ । शान्ति सुरक्षा शिर्षकमा ३८ करोड रुपैयाँ बजेट छुट्याइएको उच्च स्रोतको दावी छ