logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

बन्दका क्रममा चन्दसहित ३ दर्जन नेता कार्यकर्ता गिरफ्तार, यस्तो छ पछिल्लो अवस्था


  • राजनीति
  • मंगलबार, कार्तिक ३० २०७८

विप्लव नेतृत्वको नेकपाले मुल्यबृद्धी बिरुद्ध गरेकाे नेपालबन्द मा व्यापक प्रहरी दमन भएको छ । बन्दका क्रममा एकाबिहानै करिव ३ दर्जन नेता कार्यकर्ता गिरफ्तार गरिएकाे छ ।

आज बिहानै काभ्रे बाट केन्द्रीय सदस्य माेहन चन्द आधार लगायत ३ जना काठमाडौबाट ५ जनालाई गिरफ्तार गरिएकाे छ ।
यस्तै तनहुँ दमौली बजारको ट्राफिक चोकबाट सेक्रेटरी एटम, ब्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचीव शिव सदासङ्कर, मगर मुक्तिमोर्चाका जिल्ला सदस्य रणवीर राना लगायत ११ जनालाई प्रहरीले गिरफ्तार गरेकाे छ ।

यस्तै पोखरा कास्कीबाट नेकपा कास्कीका जिल्ला सदस्य एवं कार्यलय सचिव काजि गुरुङ र अखिल (क्रान्तिकारी)पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराज मगरलाई प्रहरीले गिरफ्तार गरेको छ ।

यता विप्लवकाे गृहजिल्ला कपिलवस्तुको ४ नं. जितपुर वाट जिल्ला सेक्रेटरी कमल सहित १२ जना चन्द्रौटा वाट नगर सेक्रेटरी विनोद सहित ६ जना गाेरूसिङ्गे वाट विद्यार्थी अध्यक्ष विज्ञान गिरफ्तार गरेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार