राजनीति
एमालेकाे दशाैं महाधिवेशन सुरु हुन केही दिन मात्रै बाकि रहदा नेतृत्वबारे खास्सै रस्साकसी सुरु भएको देखिदैन । हालसम्म अाउदा प्राय नेताहरु माैन छन् ।
अहिले वर्तमान अध्यक्ष केपी ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन नेताहरुकाे हाेडवाजी देखिन थालेको छ । अध्यक्ष मा ओली पुन दाेहारिएपनि पदाधिकारी काे बन्ने भन्ने कुनै टुंगो देखिदैन् यद्यपि अनेक अडकलबाजी भने छन् ।
ओली प्रधानमन्त्री रहदा कट्टर विपक्षमा उभिएका उपाध्यक्ष भिम रावल सहित १० भाइ जाे माधव समुहकाे पक्षामा थिए यस्तै पुर्व माओवादी बाट आएका रामबहादुर थापा बादल सहितकाे व्यवस्थापन कसरी हुन्छ मुख्य बिषय छ ।
यता अछाम पुगेर नेता रावलले अध्यक्ष लड्ने घाेषणा गरेका छन् भने बरिस्ठ उपाध्यक्ष सहित २५ केन्द्रीय सदस्य पाउनुपर्ने पुर्व माओवादीकाे माग छ । पदाधिकारीमा सहमति र समेट्नुपर्ने अन्यथा कुनै मान्न नससकिने १० भाईकाे भनाइ छ । यस्तो अवस्थामा ओलीले सर्वसम्मत हुने अवस्थामा रावललाई अहिलेकै उपाध्यक्षमा निरन्तरता दिन भने ओली सकारात्मक बन्न सक्ने बताइन्छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र रामबहादुर थापा बादलमध्ये एकजनालाई ल्याउने ओलीको तयारी रहेको स्रोतको दाबी छ ।