logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नेकपाको ८ गतेको केन्द्रिकृत सभा स्थगित, विप्लव बेनी जादै !


  • राजनीति
  • शनिबार, मंसिर ४ २०७८

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते राजधानी काठमाडौमा गर्ने भनेको केन्द्रीकृत विशाल जनसभा स्थगित भएको स्रोतले जनाएको छ । नेकपाको ११ औं बैठकले मंसिर ८ मा एकलाखको जनताको सहभागीतामा भब्य सभा गर्ने निर्णय गरेको थियो । तर नेकपाको पछिल्लो आन्तरिक सर्कुलर अनुसार ८ गरेको राजधानी केन्द्रीकृत कार्यक्रम स्थगित गरि देशैभर जिल्लाहरुमा कार्यक्रम गर्ने जनाएको छ ।
नेकपाको अनुसार ८ गतेको कार्यक्रमका लागि नेकपा महासचिव नेत्र बिक्रम चन्द विप्लव म्याग्दीको बेनीमा हुने कार्यक्रममा सहभागी हुने जनाएको छ ।

मंसिर ८ गते मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नका लागि विप्लव म्याग्दी जाने भएका हुन ।

मगर मुक्ति मोर्चा नेपालको मिति २०७८ मंसिर १ गते नवलपुरमा सम्पन्न तेस्रो पुर्ण वैठकको निणर्य अनुसार पार्टी पुनस्थापना दिवशको अवसर पारेर मंसिर ८ देखि १० गते सम्म म्याग्दीको बेनीमा चौँथो राष्ट्रिय सम्मेलनको आयोजना गरिएको सम्मेलन आयोजक समितिका संयोजक गम बहादुर श्रीस मगरले जानकारी दिएकाछन ।

मंसिर ८ गते बिहान ११ बजे देखि बिभिन्न झाँकी र जुलुस सहित बेनी बजार परिक्रमा गरि खुल्ला मञ्चमा उद्घाटन गरिने, ९ र १० गते बन्द सत्र जिल्ला समन्वयको सभाहलमा सम्पन्न गर्ने कार्यक्रम तय भएको छ ।

सम्मेलनमा देशभरिबाट १५२ जना प्रतिनिधि तथा परिवेक्षकहरु सहभागी हुने श्रीसले बताउनुभयो । कार्यक्रममा सामना परिवारको बिशेष सांस्कृतिक प्रस्तुती पनि रहने आयोजक समितिले जनाएको छ ।

नेकपाको पुनर्गठन दिवसको तीनदिने कार्यक्रम

१) मङ्सिर ६ गते देशभर मोटरसाइकल र्याली
२) मङ्सिर ७ गते खेलकुद, अतिरिक्त क्रियाकलाप (कविता, लोकगीत, वक्तृत्वकला इत्यादि) कार्यक्रमहरू गर्ने
३) मङ्सिर ८ गते बिहान झन्डा, ब्यानर टाँग्ने, अबिर जात्रा गर्ने, चियापान र युवामार्च गर्ने ।
– ८ गते साँझ बजार, चोक र घरघरमा दीप प्रज्वलन गर्ने र उपहार आदानप्रदान गर्ने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार