logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कपिलवस्तुमा ७ महिने गर्भवती माथी वलात्कार


  • राजनीति
  • सोमबार, भाद्र १८ २०७५

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका-७ परसोहियामा ७ महिनाकी गर्भवती महिलाको बलात्कार भएको छ ।

परसौयाकी ३८ वर्षीया बोल्न नसक्ने ७ महिनाको गर्भवती महिला माथि वलात्कार भएको हो ।

भदौ १२ गते  राति आफू घर नभएको समयमा स्थानीय तीन जनाको समूहले बलात्कार गरेको भन्दै पीडितका श्रीमानले बुधबार प्रहरीमा किटानी जाहेरी दिएका थिए । ४० वर्षीय प्रह्लाद केवट र ४२ वर्षकी वर्षाती केवटको सहयोगमा २८ वर्षीय बकन्चु केवटले बलात्कार गरेको जाहेरीमा उल्लेख थियो ,

नजिकैको इलाका प्रहरी कार्यलय गणेशपुरमा प्रहरी निरिक्षक नविन पौडेलको टोलीले वर्षाती केवटलाई बुधबार नै पक्राउ गरेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार