logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

सकियाे एमालेकाे स्थायी कमिटीकाे अन्तिम बैकठ, हेर्नुस् निर्णय

  • राजनीति
  • बुधबार, मंसिर ८ २०७८

एमालेकाे  ९ औं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीको अन्तिम बैठक मंगलबार बसेको छ । तुल्सिलाल स्मृति प्रतिष्ठानमा बसेको अन्तिम बैठकपछि सामूहिक फोटोसुट गर्दै नेताहरु छुट्टिए ।

१० औं महाधिवेशनको संघारमा रहेको एमालेले मंगलबारको स्थायी कमिटी बैठकबाट पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने निर्णय गरेको थियो । बैठकले १०३ जना मनोनयनका लागि सिफारिस गर्न नाम प्रस्ताव गरेको हो ।

यस्तै अध्यक्ष केपी शर्मा ओलीसहितको ११ सदस्यीय अध्यक्ष मण्डल गठन पनि मंगलबारको बैठकले गरेको छ । बैठकले उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल र महासचिव ईश्वर पोखरेलसहितको अध्यक्ष मण्डल गठन गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार