logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

यी हुन एमाले पदाधिकारीका लागि उम्मेदवारी घाेषणा गर्ने एमाले नेता !


  • राजनीति
  • बुधबार, मंसिर ८ २०७८

दुई दिन पछि अर्थात शुक्रबार चितवनमा शुरु हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन दुई दिन बाँकी रहँदा एमालेका केही बरिस्ठ नेताहरुले आफ्नाे उम्मेदवारी घाेषणा गरेका छन् । उम्मेदवारी घाेषणासंगै ओली निर्विरोध अध्यक्ष हुने सम्भावना टरेकाे छ । राेचक कुरा त केभने अध्यक्ष ओलीकै प्यानलमा अहिले महासचिव का लागि हानथाप देखिएकाे छ । अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू दुई धारमा देखिएका छन् ।

कतिपय नेताहरुले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने दावी गर्दै आएपनि निर्वाचनको सम्भावना बढेसँगै ओली निकट नेताहरू पनि विभाजित हुन पुगेका हुन् । अध्यक्ष पद छोडेर बाँकीमा प्रतिस्पर्धा गर्ने गरी दुई धार बन्न पुगेको एक नेता बताउँछन् ।

‘सुवास नेम्वाङ र महेश बस्नेतले उम्मेदवारी घोषणा गरेरै त्यो संकेत दिइसके,’ ती नेता भन्छन्, हामी पत्रकार सम्मेलन गरेर होइन, चितवनमा उचित समयमा उम्मेदवारी दिने हो ।’

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मतदानको माध्यमबाट पदाधिकारी टुंग्याउने अवस्थामा आफूले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकतामा आफ्नो उम्मेदवारी भर पर्ने बताउँदै आएका नेम्वाङले सोमबार वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन् । लगत्तै ओली निकट अर्का नेता महेश बस्नेतले पनि पत्रकार सम्मेलन गरी सचिव पदको उम्मेदवार बन्ने घोषणा गरेका छन् । स्रोतका अनुसार, नेम्वाङ र बस्नेतले योजना बनाएरै मुख खोलेका हुन् ।
उम्मेदवारी दिने नेताहरु
१. डा. भिम रावल अध्यक्ष (हाल उपाध्यक्ष )
२. सुवासचन्द्र नेम्वाङ बरिस्ठ उपाध्यक्ष (हाल संसदीय दलकाे उपनेता)
३. महेश बस्नेत सचिव (हाल केन्द्रीय सदस्य)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार