राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विवादित प्रधानन्यायाधिशलगायत न्यायाधिकारीहरुलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । आज नेकपाक पार्टी प्रवक्ता प्रकाण्डले बुधबार एक बिज्ञप्ती जारी गर्दै सो आग्रह गरेका हुन्।
प्रवक्ता प्रकाण्डले नेपालका क्रान्तिकारी एबम् परिवर्तनशील ऐतिहासिक राजनीतिक आन्दोलनहरु , १० बर्षको महान् जनयुद्ध र त्यसको जगमा बनेको ०६२/६३ को जनआन्दोलनका मुद्धा , जनआकांक्षा र जनभावनाका बिरुद्ध जबर्जस्त नेपाली जनताको थाप्लोमा लादिएको दलाल पुँजीपति बर्गको दलाल संसदीय व्यवस्थाले राष्ट्र र जनताको जीवनमा निम्त्याएको संकटपूर्ण अवस्थाको पछिल्लो नाङ्गो चित्र सर्बोच्च अदालतमा देखिएको अराजकता , निकम्मापन र अनैतिकता भएको समेत ठोकुवा गरेका छन ।
प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तीमा नेपालको बिद्यमान न्यायपालिका र सर्बोच्च अदालत भ्रष्टाचार , अनियमितता , सेटिङ्ग , घुसखोरी , नातावाद , कृपावाद , दलगत स्वार्थ र सम्बन्धलगायतका समस्याहरुवाट ग्रस्त भएको ठोकुवा गर्दै यो समस्या ब्यक्ति बिशेषको मात्र नभएर नेपालमा सत्तासिन दलाल पुँजीपतिवर्गको र संसदीय व्यवस्थाको गम्भीर समस्या भएको उल्लेख गरिएको छ ।
साथै यसको अन्तिम र रणनैतिक समाधान संघर्षरत पक्षहरुले दलाल संसदीय व्यवस्था र भ्रष्ट एबम् जनविरोधी न्यायपालिकावाट खोज्ने होइन कि यसको अन्य गरेर नेपाली श्रमजीवी जनताको बैज्ञानिक समाजवादी व्यवस्था र समाजवादी न्याय प्रणालीवाट खोज्नु पर्ने उल्लेख गर्दै यसका निम्ति जनमत संग्रह उपयुक्त राजनीतिक कार्यक्रम सिद्ध भएको उल्लेख गरिएको छ । हेर्नुस् विज्ञप्ति
