logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

एकताकाे अफहवा फैलायर भ्रमित नगर्नुस् : विप्लव


  • राजनीति
  • बुधबार, मंसिर ८ २०७८

नेकपाका महासचिव विप्लवले माओवादी केन्द्रसंगकाे एकताबारे अनावश्यक भ्रम सिर्जना नगर्न अपिल गरेका छन् । उनले अाफु एकता बिराेधी नभएको र नेपालमा कम्युनिस्टहरु बिच एकता जरुरी भएपनि एकताका सैद्धान्तिक राजनीति पक्ष निकै फरक भएको बताएका छन् ।                                                                              पार्टी पुनर्गठनकाे दिन पारेर नेकपा निकट मगर राष्ट्रिय मुक्ति माेर्चाकाे दाेस्राे राष्ट्रिय सम्मेलन उद्घाटन गर्न  म्याग्दीकाे बेनी पुगेका विप्लवले उक्त कुरा बताएका हुन् ।

महासचिव विप्लवले पार्टी एकताका लागि सरकार संसद छाेडेर दलाल व्यवस्थाका बिरुद्ध उभिन अपिल गरे साथै उनले अवकाे क्रान्ति प्रचण्ड लगाएतका नेताहरुबाट संम्भव नभएको भन्दै प्रचण्ड लगायतका नेताहरु संरक्षक भयर बस्नु पर्ने दावी गरे उनले भने “तपाइँले पार्टी पनि चलाउनुभयो,सरकार पनि चलाउनुभयो,
अवसर दिएकै हो,सकेजति गर्नुभयो अव यो भन्दा चमत्कार गर्नुहुन्छ भन्ने आशा कसैलाइ छैन त्यसैले पार्टी एकता गरौ तपाइ लगायत अग्रज नेताहरु संरक्षक भएर वस्नुस् पार्टी र आन्दोलन हाक्नेँ जिम्मा एकपटक हामीलाइ दिनुहोस् ।

के तपाइँ तयार हुनुहुन्छ?एकता ठुलो पार्टी वनाएर दलाल संसदिय व्यवस्थाको चुनाव लड्न, नेता,सांसद मन्त्री, प्रधानमन्त्री बनेर सान देखाउन,निजि स्वार्थ पुरा गर्न होइन मुठ्ठीभर दलाल पुजिँपति वर्गको हालीमुहाली चललिरहेको संसदिय व्यवस्था ध्वस्त पारेर जनताको समाजवादी व्यवस्था स्थापना गर्ने उदेश्य राखेर नयाँं दृष्टिकोण,विचार,निति र नेतृत्वसहित हुनुपर्छ त्यो सर्तमा हामी एकताको लागी हरदम तयार छौँ ।

तपाइहरु संसदिय व्यवस्थाको दलदलवाट वाहिर निस्कन सक्नुहुन्छ?आलिसान महल,चिल्लो गाडी,करोडौ सम्पत्ति,विलासीपुर्ण जिवन,परिवार,नातागोता,आसेपासेको मोह र स्वार्थको घेराभन्दा माथी उठेर शहिद,वेपत्ता परिवार,घाइते, अपांग योद्धा,इमान्दार नेता, कार्यकर्ता एवं किसान,मजदुर,गरिव जनताको झुपडीमा गएर ढिँडो खान,दु:ख साट्न, कुरा सुन्न र उनिहरुको सपना पुरा गर्ने अठोटसहित अघि वढ्न तयार हुनुहुन्छ ?

हामी तयार छौ,एकता नै चाहेको हो भने हामीलाइ प्रतिवन्ध लगाएकोप्रति आत्माआलोचना गर्नुस,सरकारमा हुनुहुन्छ हाम्रो नेता, कार्यकर्ता रिहाई गर्नुस,हामी माथी लगाइएको झुटो मुद्दा खारेज गर्नुस अनिमात्र विश्वासको वाताबरण बन्छ,। एकतावारे वहस सुरु हुन्छ,अन्यथा आफ्नो राजनितिक संकटलाइ टार्न,
कार्यकर्तालाइ ठमठमाउन,जनतालाइ भ्रमित पार्न एकताको अफवाह फैलाउनुको कुनै अर्थ छैन”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार