राजनीति
जन समाजवादी मञ्च नेपाल कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी बीच कार्यगत एकता भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीले एमसीसीविरुद्ध र देशका समसामयिक विषयहरु राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा संगै अगाडि बढ्नेगरि कार्यगत एकता गर्ने घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले वर्तमान समयमा एमसीसी आवश्यक नभएको बताए । उनले भने,‘अहिले यो देशमा एमसीसीको आवश्यकत्ता छैन् । अब सबैजना बृद्धिजिवी, वामपन्थी, देशभक्त एकैठाउँमा आएर देशलाई पार लगाउनुपर्छ । देश रह्यो भनेमात्र तपाईँहरुले यो देशमा राजनीति गर्न पाउनुहुन्छ, नत्रभने अफगानिस्तानमा अमेरिकी सेनाले आंतक मच्चाएको झै नेपालमा पनि आतंक मच्चिन्छ त्यसकारण सबै सचेत नागरिक, आम दाजुभाई दिदिबहिनीहरुलाई एक हुन आग्रह गर्दछु ।’

देशभक्तवादी दुई पार्टीबीच एमसीसीको विरुद्ध र देशका समयसामयिक विषयको लागि कार्यगत एकता गरिएको उनले स्मरण गराए । अध्यक्ष बुढाथोकीले एमसीसीविरुद्ध र देशका समसामयिक विषयमा उनले मंसिर ४ गते शनिबार काठमाडौंको खुल्लामञ्चमा विशाल जनसभाको आयोजना सम्पन्न भएको पनि जानकारी गराए ।
त्यस्तै, जन समाजवादी मञ्चका संयोजक कृष्णप्रसाद धमला ‘गम्भिर’ले त्याग, तपस्या र १७ हजारको बलिदानबाट नेपालमा परिवर्तन सम्भव भएको र नेपालको राजनीति यहाँसम्म आईपुेको स्मरण गराए । उनले यहाँसम्म आइपुग्दा पनि नेपालीको समस्या जस्ताकोतस्तै रहेको बताए । अहिलेको व्यवस्थाले जनतामा कुनै पनि परिवर्तन हुन नसकेको उनको भनाई थियो ।
सामन्त दलाल, भ्रष्टाचारी, तस्करहरुलाई मात्र परिर्वतनको महसुस गरेको उनले आरोप लगाए । ‘दलालहरुसँग उनीहरुको साँठगाँठ भईरहेको छ, पैसा कुम्लाएका छन्, आउँदो चुनावको निम्ति नेताहरुले पैसा जम्मा गरिराखेका छन् ।’–उनले अघि भने,‘जनतामा आधारभुत तहमा कुनै पनि परिर्वतन भएको छैन् र संसदीय व्यवस्था असफल भएको छ । देशलाई कर्पोरेटहरुले संचालन गरिरहेका छन् ।’
कार्यक्रममा जनसमाजवादी मंचका सचिवालय सदस्य बाबुराम गजमेर प्रेश विज्ञप्ती पढेर सुनाएका थिए । कार्यक्रम संचालन माओवादी केन्द्र समाजवादीका उपाध्यक्ष रंगनाथ ढकालले गरेका थिए । कार्यक्रमा माओवादी केन्द्र समाजवादीका सचिव मेघराज खत्री पनि बोलेका थिए ।