logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पुर्वमाओवादीबाट २ पदाधिकारी सहित ४० केन्द्रीय सदस्य बन्दै, हेर्नुस् [नामसहित]


  • राजनीति
  • आइतबार, मंसिर १२ २०७८

एमाले १०औं महाधिवेशनअन्तर्गत चितवनमा जारी बन्दसत्रमा नेतृत्वका लागि सहमतिको प्रयास जारी छ । बन्दसत्र चलिरहँदा पूर्वमाओवादीबाट आएका नेताले अध्यक्ष केपी ओलीलाई भेटेका थिए । तीन पदाधिकारीमा दाबीसहित ओलीसँगको उनीहरूको वार्ता भर्खरै सकिएको छ ।

वार्तामा २ जना पदाधिकारी र २ नेतालाई स्थायी कमिटीमा राख्न ओली तयार भएको स्रोतले बतायाे । स्रोतका अनुसार ओलीले रामबहादुर थापा ‘बादल’ लाई उपाध्यक्ष, सचिवमा टोपबहादुर रायमाझीसहित ४० जना केन्द्रीय सदस्य दिन आफू तयार रहेको बताएका छन् ।

एमाले उपाध्यक्षमा बादल, उपमहासचिवमा टोपबहादुर रायमाझी र सचिवमा लेखराज भट्टको दाबी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार