logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

अध्यक्षमा ओली बिजयी, हेर्नुस् कस्ले कति भाेट पाए ?


  • राजनीति
  • मंगलबार, मंसिर १४ २०७८

नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली दोहोरिएका छन् । उनले प्रतिष्पर्धी भीम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

आज बिहान भएको मतदानको मत परिणाम अनुसार ओलीले उनका प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै निर्वाचित बनेका हुन् ।
ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए ।

केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले भने, ‘भारी मतान्तरले केपी शर्मा ओली विजयी हुनुभएको छ । अब केही बेरमा सम्पूर्ण नतिजा प्रकाशित गर्छौँ ।’ आयोगले औपचारिक मत परिणाम भने अझै घोषणा गरेकाे छ । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । ६९ वटा भोटिङ मेसिनमा महाधिवेशन प्रतिनिधि मत रेकर्ड भएको थियो ।
उनले खसेको २ हजार ९६ मतमध्ये ९० प्रतिशत मत कटाएका छन् । यसको औपचारिक घोषणा का लागि कार्यक्रम स्थलबाटै पत्रकार सम्मेलन गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार