logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

राप्रपा अध्यक्षमा लिङ्देन विजयी, कमल थापा पछारिए


  • राजनीति
  • आइतबार, मंसिर १९ २०७८

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले हराउँदै लिङ्देन विजयी भएकाहुन ।
अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् ।

थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’

मतको अन्तिम परिणाम भने सार्वजनिक हुन बाँकी छ । शनिबार अबेर रातिसम्म भएको मतदानमा ३ हजार ८ सय ७३ मत खसेको थियो । आइतबार बिहान ३ बजेबाट मत गणना शुरु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार