राजनीति
प्रगतिशिल मोर्चा नेपालका संयोजक सुजन यादवले एक प्रेस वक्तव्य जारी गर्दै प्रगतिशील मोर्चा नेपालले अब महान जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनको रक्षा गर्दै वैज्ञानिक समाजवादका लागि संघर्ष गर्ने उद्धघोष गरेकाछन । उनले आफू वर्गिय मुक्तिकालागी सदैब डटिरहने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।
प्रगतिशील मोर्चा नेपालको तर्फबाट जारि गरिएको वक्तव्यमा संयोजक यादवले आफू अरु कुनै पनि अन्य दलमा प्रवेश नगरेको र प्रवेश गर्यो भनेर पत्रपत्रिकामा आएको कुरा हल्ला र निराधार भएको प्रष्ट पारेकाछन ।
यावदवले जेल नेलले गलाउन नसकेको आफ्नो आस्था र विचारलाइ कुनैपनि स्वार्थ वा प्रलोभनले प्रभावित पार्न नसक्ने भन्दै कुनैपनी मुल्यमा मालेमा नछोड्ने प्रण समेत गरेकाहुन ।
उनले आफ्नो स्कुल भनेको मालेमावादी स्कुल भएको भन्दै मालेमाको स्कुलले मात्रै राष्ट्रिय मुक्ती आन्दोलन र सर्वहारा वर्गिय मुक्ती आन्दोलनको नेतृत्व गर्ने दावी गरेकाछन । वक्तव्यमा संयोजक यादवले आफ्नो आदर्श मालेमावादी स्कुल र वर्ग रहेको प्रती प्रष्ट पारेका छन ।
