राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफ्नो र आफ्नो पार्टी प्रती शासकहरुले देखाएको गैरराजनीतिक र अनैतिक ब्यवहारको वदला जनताले अनिवार्य रुपमा लिने बताएका छन । हिजो राती नुवाकोट जिल्ला बाट भोजपुर चलानको पुर्जी थमाइसके पछि पत्रकारहरु सग सक्षिप्त कुरा गर्दै उक्त कुरा बताएकाहुन ।
गत साउन २२ गते काठमाडौ बाट गिरफ्तार पर्नु भएका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ लाइ तेस्रो पटक गिरफ्तार गरी भोजपुर चलानको पुर्जी थमाएको छ । अदालतको पटक पटकको आदेश समेत लत्याउदै सरकारले उनलाइ गिरफ्तार गरेको हो ।
http:/https://youtu.be/HwxNYyKMIbc
नुवाकोटमा थुनामा रहेका प्रकाण्डलाई जिल्ला न्यायाधीशको रोहबरमा छाड्न न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले आदेश दिएको छ ।
प्रहरीले यसअघि सर्वोच्चले दुई पटक थुनामुक्त गर्न आदेश दिएलगत्तै पक्राउ गरेको थियो । गैरकानुनी थुनाबाट मुक्त गर्ने आदेश दिँदादिँदै त्यसलाई उल्लंघन गरेर पुनः पक्राउ गरेको भन्दै सर्वोच्चले प्रकाण्डलाई थुनामुक्त गर्न भनेको छ ।